कोठा ब्यबस्थापन भयो , आजदेखि शिक्षामन्त्री पुन मन्त्रालयमै बस्ने

0 Min Read

७ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन आजदेखि मन्त्रालयकै कोठामा बस्ने भएका छन् ।

सोमबार सपथ लिएर पदभार ग्रहण गरेपछि मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन निर्देशन दिएका मन्त्री पुन लाई केशर महलमा नै बस्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

‘कोठा भेटियो । आज बेलुकाबाट मन्त्रीज्यू मन्त्रालयमै बस्नु हुन्छ । एक सेट सुत्ने खाने व्यवस्था हुन्छ,’ मन्त्रालयका सहसचिव अनिता निरौलाले भनिन् ।

Share This Article
Leave a Comment