५ बैशाख ०८२/ गौरादह नगर अस्पतालले आइतबार पनि सेवा उपलब्ध गराउने भएको छ । सरकारले शनिबार र आइतबार सातामा दुइदिन विदा दिने निर्णय गरि राजपत्रमा सूचना प्रकाशित समेत गरिसके पनि विरामी तथा सेवाग्राहीको हितलाइ मध्यनजर गर्दै नगर अस्पतालले आइतबार पनि सेवा दिने भएको हो ।
सुक्रबार बसेको नगर अस्पताल व्यवस्थापन एवं संचालन समितिको बैठकको निर्णय बमोजिम आइतबार पनि सेवा उपलब्ध हुने नगर अस्पताल द्वारा जारी सूचनामा उल्लेख गरिएको छ । विहान ७ देखि दिउँसो १.०० बजे सम्म ओपिडीसेवा उपलब्ध हुने अस्पतालले जानकारी गराएको छ ।


