चीनको नान्जिङमा नेपाली तेक्वान्दो खेलाडीको शानदार प्रदर्शन, ४ स्वर्णसहित २६ पदक हात

1 Min Read

पुष २०- चीनको नान्जिङमा सम्पन्न एशियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औँ मान सान तेक्वान्दो खुला च्याम्पियनशिपमा नेपाली खेलाडीले उल्लेखनीय सफलता हात पारेका छन् । प्रतियोगितामा सहभागी नेपाली खेलाडीले ४ स्वर्ण, ७ रजत र १५ कांस्य गरी कुल २६ पदक जित्न सफल भएका हुन् ।


गेरोगी, पुम्से र स्पिड किक विधामा नेपाली खेलाडीले पदक जितेका हुन् ।
स्वर्ण पदक विजेता खेलाडीमा जोलिना बस्नेत, हृदयानी बस्नेत, कैरवप्रसाद लोहनी र गीता विष्ट रहेका छन् ।
त्यस्तै, आश्रय उपाध्याय, सक्षम श्रेष्ठ, आयाम पौडेल, मेघानी घतानी, जिग्मे तेन्जिङ शेर्पा, दीपक दुलाल र रन्जिता भुसालले रजत पदक जितेका छन् ।


कांस्य पदक जित्ने खेलाडीमा एभिनजङ्ग केसी, आरभी ज्ञवाली, यत्ना तिम्सिना, इनाया महर्जन, माइरा कार्की, श्रेयान कार्की, युजेन तामाङ, सोहन पाठक, एन्जल राई, जोसेफ गुरुङ, योन्डेन तामाङ, युब्साङ तामाङ, रिन्जेन आक्याङमी थामी, रियान्स बस्नेत र जाम्याङ तेन्जिङ शेर्पा रहेका छन् ।


प्रतियोगितामा लिटिल बड स्कूल, गोङ्गबु तेक्वान्दो डोजाङ र डाफोडिल पब्लिक स्कूलका खेलाडीको सहभागिता रहेको थियो । टोलीका प्रशिक्षकको जिम्मेवारी सरोज तामाङ र विकेश बिडारीले सम्हालेका थिए ।

Share This Article
Leave a Comment