काठमाडौँ । साने ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । केहि साता अघि जापानको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को अध्यक्षमा निर्वाचित भएकी ताकाइचीलाई जापानको तल्लो सदनले प्रधानमन्त्रीमा निर्वाचित गरेको छ ।
तल्लो सदनमा भएको मदानमा उनले २३७ मत प्राप्त गरेकी थिइन् । ४६५ सदस्यीय तल्लो सदनमा बहुमतका लागि २३३ मत आवश्यक पर्दछ । मतदान हुनु अघिय मंगलबार नै ताकाइचीले जापान इनोभेसन पार्टी (जेआइपी) सँग गठबन्धन बनाउन सहमति गरेकी थिइन् ।
जेआइपीको तल्लो सदनमा ४१ सिट रहेको छ । त्यस्तै २४७ सदस्यीय उपल्लो सदनमा पनि ताकाइचीले १२५ मत प्राप्त गर्दै बहुमत हासिल गरेकी छन् । जापानको इतिहासमा ताकाइची पहिलो महिला प्रधानमन्त्री बनेकी छन् ।
६४ बर्षिय ताकाइचीलाई जापानमा दक्षिणपन्थी रूढिवादी नेता मानिन्छ । सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री बनेक शिगेरु इशिबाले राजीनामा दिएपछि जापानले नयाँ प्रधानमन्त्री चुनेको हो ।

