झापा, मोरङ र सुनसरीमा बर्ड फ्लू सङ्क्रमण पुष्टि

1 Min Read

चैत २१ – बर्ड फ्लू (एच५एन१) संक्रमण पुष्टि भएपछि कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका २२ व्यावसायिक फार्ममा झण्डै ८५ हजार कुखुरा नष्ट गरिएको छ।
वरिष्ठ पशु विकास अधिकृत डा. गङ्गाराम यादवका अनुसार मोरङमा ८, झापामा २ र सुनसरीमा १२ फार्ममा संक्रमण देखिएको हो।
नष्ट गरिएका कुखुरामा ७० हजार लेयर्स, ७ हजार बोइलर प्यारेन्ट, १ हजार बोइलर, ४ हजार चल्ला र २,३२५ स्थानीय जातका कुखुरा रहेका छन्। साथै ५७ हाँस, २ लाख २७ हजार अण्डा र २८ हजार किलो दाना पनि नष्ट गरिएको छ।
संक्रमण थप फैलिन नदिन सम्बन्धित क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ भने पंक्षी तथा पंक्षीजन्य वस्तुको आयात–निर्यात र ओसारपसारमा पूर्ण रोक लगाइएको छ। अन्य जिल्लामा समेत निगरानी बढाइएको निर्देशनालयले जनाएको छ।

Share This Article
Leave a Comment