ट्रम्पविरुद्ध अमेरिकामा नागरिक विरोध प्रदर्शन

1 Min Read

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकाका कयौं शहरमा हजारौं नागरिक विरोध प्रदर्शनमा उत्रिएका छन् ।

यो प्रदर्शन राजधानी वाशिंगटन डीसी, न्यूयोर्क, शिकागो, मिया र लस एन्जलसलगायतका शहरहरुमा भइरहेको छ ।

प्रदर्शनकारीहले ‘डेमोक्रेसी नट मोनार्की’ अर्थात लोकतन्त्र राजतन्त्र होइन, संविधान वैकल्पिक होइन लगायतका नारा लेखेका पम्प्लेटहरु बोकेका छन् ।

यता ट्रम्पका समर्थकहरुले भने प्रदर्शनकारीहरुको सम्बन्ध अति वामपन्थी संगठन एन्टिफासँग जोडिएको आरोप लगाएका छन् ।

प्रहरीका अनुसार अमेरिकाभित्रै प्रदर्शनमा लाखौं मानिसहरु सहभागी छन् । न्यूयोर्कका मात्र पाँच ठाउँमा भएको विरोधमा एक लाख भन्दा बढी प्रदर्शनकारी सहभागी छन् । ट्रम्पले राष्ट्रपति पदको दुरुपयोग गरेको प्रदर्शनकारीको आरोप छ । 

– रासस

Share This Article
Leave a Comment