तातोपानी नाका तीन दिन खुल्ने

1 Min Read

कात्तिक १ । चीनसँग सिमाना जोडिएको तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ ।

उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले आज कात्तिक १ गतेदेखि ३ गतेसम्म नाका खुल्ने जानकारी दिएको हो ।सो अवधिमा मालवाहक सवारी कार्गो ट्रकलाई मात्र आवतजावत गर्न अनुमति दिइने छ ।

दसैँका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ । गत भदौ १० मा आएको भोटेकोशीको बाढीले रसुुवा नाकासँगको सम्पर्क टुुटेको थियो । साथै भदौ १४ मा चीनले तातोपानी नाकासमेत बन्द गरेको थियो ।

Share This Article
Leave a Comment