चैत १३— नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आज आयोजित एक विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले १४ जना मन्त्रीलाई शपथ गराउनुभएको हो। नवगठित मन्त्रिपरिषद्मा ५ जना महिला मन्त्रीको सहभागिता रहेको छ।
यसअघि आजै नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पनि पद तथा गोपनीयताको शपथ लिनुभएको थियो। प्रधानमन्त्रीको शपथ समारोह यसपटक वैदिक–सनातन परम्परा झल्किने गरी विशेष रूपमा सम्पन्न गरिएको थियो।
समारोहमा सात शङ्खबाट शङ्खनाद गरिनुका साथै १०८ जना वटुकद्वारा स्वस्ति–शान्ति वाचन र १०८ जना बौद्ध भिक्षु तथा लामाद्वारा शुभ–मङ्गल पाठ गरिएको थियो, जसले कार्यक्रमलाई धार्मिक तथा सांस्कृतिक रूपमा विशेष बनाएको थियो।
यी हुन् मन्त्री ?
सुधन गुरुङ – गृह मन्त्रालय
स्वर्णिम वाग्ले – अर्थमन्त्री
शिशिर खनाल – परराष्ट्रमन्त्री
खडगराज (गनेस) पौडेल – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
दीपक साह – श्रम तथा रोजगारमन्त्री
सस्मित पाेखरेल – शिक्षा तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री
प्रतिभा रावल – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री,
विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री
गीता चाैधरी – कृषि तथा सहकारी र वनमन्त्री
साेविता गाैतम – कानून, न्याय तथा संसदीय मामिलामन्त्री
सीता वादी – महिला तथा बालबालिकामन्त्री
सुनिल लम्साल – भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री
निशा मेहता – स्वास्थ्य तथा खानेपानीमन्त्री
विक्रम तिमिल्सिना – सञ्चार तथा सूचना प्रविधिमन्त्री

