चैत २० – नवनियुक्त सभामुख डोलप्रसाद अर्यालको सपथग्रहण आइतबार हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार सपथ ग्रहण कार्यक्रम आइतबार दिउँसो ३ बजे तय गरिएको छ।
राष्ट्रपति कार्यालय सितल निवासमा हुने सपथ समारोहमा उच्च पदस्थ सरकारी अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने जनाइएको छ।
प्रतिनिधिसभाको सभामुख निर्वाचन कार्यतालिका अनुसार तोकिएको समयभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति अर्याल एक जनाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन ।
नवनियुक्त सभामुख अर्यालको सपथ आइतबार हुने
Leave a Comment
Leave a Comment

