पुष ११- नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आजदेखि शुरू हुँदैछ । प्रतियोगीता त्रिपुरेश्वरको दशरथ रंगशालाको कभर्डशलमा आज विहान ९ बजेदेखि शुरू हुँदैछ ।
प्रतियोगिताबाट शीर्ष ८ पुरुष र शीर्ष ६ महिला टोली दशौँ पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय लिगमा छनोट हुनेछन् । पहिलो दिन आज महिला र पुरुष दुवैमा दुई–दुई खेल हुनेछ । आजको पहिलो खेल महिलातर्फ नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश भलिबल संघबीच हुनेछ । यो खेल बिहान ९ बजे शुरू हुनेछ ।
यस्तै महिलातर्फ दोस्रो खेल बिहान ११ बजे एभरेष्ट भलिबल क्लब, बुटवल र त्रिभुवन आर्मीबीच हुनेछ । पुरुषतर्फ पहिलो खेल नेपाल पुलिस क्लब र ढोरपाटन स्पोट्र्स क्लबबीच हुनेछ । यो खेल दिउँसो १ बजे शुरू हुनेछ । पुरुषतर्फ दोस्रो खेल टिपटप हेल्प नेपाल स्पोट्र्स क्लब र एपीएफ क्लबबीच हुनेछ ।
प्रतियोगिताको महिला र पुरुष विजेताले ५ लाख रुपैयाँ पाउनेछन् भने उपविजेताले २ लाख ५० हजार र तेस्रोले १ लाख २५ हजार रुपैयाँ पाउनेछन् ।

