१ माघ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको नामावली सार्वजनिक गरिएको छ। काठमाडौँमा आइतबारदेखि जारी विशेष महाधिवेशनबाट पार्टी सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ। उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिनुभयो।
सहमहामन्त्री पदमा महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, मुस्लिम, थारू र पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरी डा. डिला सङ्ग्रौला पन्त, प्रकाश रसाइली स्नेही, बहादुरसिंह लामा, उदयशम्शेर राणा, मुक्ताकुमारी यादव, फर्मुल्ला मन्सुर, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा निर्वाचित हुनुभएको छ।
खुला ३५ केन्द्रीय सदस्यतर्फ गोपालमान श्रेष्ठ, ओमकारप्रसाद श्रेष्ठ, अर्जुननरसिंह केसी, राजेन्द्रकुमार केसी, अर्जुनप्रसाद जोशी, सुरेशकुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, ध्रुव वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्ज्वल बराल, जनक गिरी, देवप्रसाद तिमिल्सिनालगायत निर्वाचित हुनुभएको छ। यसैगरी जयबाबु सिवाकोटी, प्रेमबहादुर खड्का, जयराम लामिछाने, वसन्त भट्टराई, प्रदीप शर्मा, जगत जोशी, प्रमोदहरि गुरागाईं, डा. केदारनरसिंह केसी, विदुर बस्नेत, तीर्थजङ्ग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्र गोपाल सिंह पनि खुला केन्द्रीय सदस्य निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ।
महिला खुला केन्द्रीय सदस्यमा चम्पादेवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गीता सत्याल, सन्तोषी साउँद ऐर र दिलकुमारी राई निर्वाचित हुनुभएको छ। प्रदेशगत प्रतिनिधित्वतर्फ कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट तोकिएका सदस्यहरू निर्विरोध तथा निर्वाचनमार्फत चयन भएका छन्।
समावेशी कोटाअन्तर्गत अपाङ्गता, अल्पसंख्यक, दलित, आदिवासी जनजाति (महिला तथा खुला), खसआर्य (महिला तथा खुला), मधेसी (महिला तथा खुला), मुस्लिम (महिला तथा खुला), थारू (महिला तथा खुला) र पिछडिएको क्षेत्रबाट समेत केन्द्रीय सदस्यहरू निर्वाचित भएका छन्।
नवघोषित केन्द्रीय कार्यसमितिका सभापति गगनकुमार थापाले आजै निर्वाचन समितिका संयोजक केसीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आजै दिउँसो तय गरिएको निर्वाचन समितिले जनाएको छ।

