नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन, वरिष्ठ नेतादेखि केन्द्रीय सदस्यसम्मको उल्लेख्य सहभागिता

1 Min Read

२७ पुष,झापा – नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन समारोह सुरु भएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको औपचारिक उद्घाटन गर्नुभएको हो।
विशेष महाधिवेशनमा कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ, महेश आचार्य र तारानाथ रानाभाटलगायतका वरिष्ठ नेताहरूको सहभागिता रहेको छ। त्यस्तै, पुष्पा भुसाल र डिला सङ्ग्रौला लगायतका अनुभवी महिला नेतृहरूको पनि उल्लेख्य उपस्थिति देखिएको छ।


महाधिवेशनमा चन्द्र भण्डारी, सुनिल शर्मा, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की लगायतका नेताहरू सहभागी छन्। पार्टीका केन्द्रीय सदस्यहरूको समेत उत्साहजनक उपस्थिति रहेको आयोजकले जनाएको छ।नेपाली कांग्रेसको पहिलो विशेष अधिवेशन मोरङको विराटनगरमा तत्कालीन मोरङ जिल्ला सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सभापतित्वमा सम्पन्न भएको थियो। त्यसपछि अहिले दोस्रोपटक विशेष महाधिवेशन आयोजना गरिएको हो।


हाल सञ्चालनमा रहेको विशेष महाधिवेशनको सभापतित्व काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँले गर्नुभएको छ।

Share This Article
Leave a Comment