५ असोज, काठमाडौं । यूएईमा हुने नेपाल र वेष्टइन्डिजबिचको खेलका लागि नेपाली खेलाडीले भिसा पाएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै नेपाली खेलाडीले भिसा पाएको जानकारी गराएको हो।

नेपाली क्रिकेट टिम सोमबार यूएई जाने समेत क्यानले जनाएको छ। यही असोज ११, १३ र १४ गते यूएईमा हुने खेलका लागि क्यानले बिहीबार नेपाली टोलीको बिदाइ गरेको थियो।

