काठमाडौँ, कात्तिक १३ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले आफ्नो पदबाट राजीनामा दिनुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
के कारणले राजीनामा दिनुभयो भन्ने विषयमा पछि जानकारी गराउने उहाँले बताउनुभयो । आठ महिनमा रसको प्रशिक्षकमा नेपाली फुटबल टोलीले सात अन्तर्राष्ट्रिय खेल खेलेको थियो । जसमा नेपालले एक खेलमा जित हासिल गर्दा दुई खेल बराबरी तथा चार खेलमा पराजित भएको थियो ।
रसको प्रशिक्षणमा खेलेको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई हराएको थियो । रासस

