नेप्सेसँगै काराेबार रकम घट्याे

1 Min Read

मंसिर २४– शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ०३ अङ्कले घटेर २ हजार ६ सय ९ दशमलव ०३ विन्दुमा झरेको छ ।

आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १ सय ६९ वटा कम्पनीको शेयर घटेकोमा ८० वटाको बढेको छ । यस्तै ९ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज झापा इनर्जी कम्पनीको शेयर सबैभन्दा धेरै ९ दशमलव ३० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी, एसवाई प्यानल नेपाल कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

Share This Article
Leave a Comment