मंसिर १५ – हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव २८ प्रतिशतले घटेर २ हजार ६ सय ४५ दशमलव २४ विन्दुमा झरेको छ ।
आज १ सय २६ वटा कम्पनीकाे शेयर घटेकाेमा १ सय २४ वटाकाे बढेकाे छ । यस्तै ८ वटा कम्पनीकाे शेयर घटबढ भएकाे छैन ।
आज निफ्रा ग्रीन इनर्जी डिबेन्चर सबैभन्दा धेरै साढे ९ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

