प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, बाबुराम अभिभावकीय भूमिकामा

1 Min Read

मंसिर, ७ – प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।

आज काठमाडौंमा एक कार्यक्रमबीच डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि सो नयाँ पार्टी घोषणा गरिएको हो ।कार्यक्रममा सो पार्टीको नाम पूर्वप्रधानमन्त्री डा. भट्टराईले औपचारिक रुपमा घोषणा गरे । उनी अभिभावकीय भूमिकामा रहने बताइएको छ ।

पार्टीमा १५१ जना केन्द्रिय सदस्यहरू रहनेछन् ।प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त सो पार्टीको रहेको र त्यसको चुनाव चिन्ह आँखा राखिएको छ ।

Share This Article
Leave a Comment