३ फागुन- निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल र उम्मेदवारका लागि ६४ बुँदे निर्देशन जारी गरेको छ।
निर्देशनअनुसार फागुन ४ देखि १८ गतेसम्म मात्र जुलुस, आमसभा र घरदैलो गर्न पाइनेछ भने प्रचार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सीमित गरिएको छ। मतदानअघि ४८ घण्टादेखि मतगणना सम्पन्न नभएसम्म प्रचारप्रसार पूर्ण प्रतिबन्ध हुनेछ।
निर्वाचन खर्च बैंकमार्फत मात्र गर्नुपर्ने र २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाटै लिनुपर्ने व्यवस्था गरिएको छ। परिणाम घोषणा भएको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्नेछ।
टिसर्ट, टोपीलगायत निर्वाचन चिह्न अङ्कित सामग्री वितरण, डिजिटल बोर्ड, फ्लेक्स र भित्ते लेखन निषेध गरिएको छ। बढीमा दुई सवारी साधन प्रयोग गर्न पाइनेछ भने सरकारी सवारी प्रयोगमा पूर्ण रोक लगाइएको छ। बालबालिकाको प्रयोग र प्लास्टिक सामग्रीसमेत निषेध गरिएको आयोगले जनाएको छ।
प्रतिनिधिसभा निर्वाचन : आयोगको ६४ बुँदे कडा निर्देशन
Leave a Comment
Leave a Comment

