३ असोज, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताको प्रदर्शनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारले गोली चलाएको पाइएको दाबी गरेका छन्।
भ्रष्टाचारविरूद्ध र सामाजिक सञ्जाल बन्दविरूद्ध जेनजी पुस्ताले गत भदौ २३ र २४ गते काठमाडौं र देशैभर आन्दोलन गरेका थिए। भदौ २३ गते काठमाडौंमा मात्रै १७ जनाको मृत्यु भएको थियो। घटनाको समयमा प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका ओलीले घटनाको ११ दिनमा प्रहरीसँग नभएका स्वचालित हतियारले गोली चलाएको आरोप लगाएका हुन्।
‘सरकारले प्रदर्शनकारीहरूलाई ताकीताकी गोली हान्ने आदेश नदिएको ओलीको दाबी शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।साथै ओलीले भदौ २३ गते भएको प्रदर्शनमा गोली हान्ने आदेश नभएको भन्दै ओलीले सो घटनाको छानबिन हुनुपर्ने पनि बताएका छन् ।
जेनजीले आह्वान गरेको प्रदर्शनका क्रममा भदौ २३ गते संसद भवनअगाडि पुगेका प्रदर्शनकारीहरूमाथि सुरक्षाकर्मीले गोली चलाउँदा १७ जनाको मृत्यु भएको थियो।

