मतदाता नामावली संकलनको समय थप्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह

0 Min Read

कात्तिक २८ –प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्ताको समय थप्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् ।

कार्कीको सचिवालयका अनुसार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई फोन गरेर म्याद थपका लागि आग्रह गरेकी हुन् ।आयोगले फागुन २१ का लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि कात्तिक ३० सम्म मतदाता नामावली दर्ताको समय तोकिएको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले ५ दिनसम्म थप गर्न सकिने जवाफ दिएका छन् ।

Share This Article
Leave a Comment