फाल्गुन १२- निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसपटक प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले परिणाम छिटो आउने बताउनुभयो। उहाँका अनुसार समानुपातिकतर्फको मतपरिणाममा एक–दुई दिन लाग्न सक्ने भए पनि प्रत्यक्षतर्फको नतिजा २४ घण्टाभित्रै घोषणा गरिनेछ।
मतपत्र छपाइ, ढुवानी तथा मतदान अधिकृतहरूको तालिम सम्पन्न भइसकेको र आवश्यक सामग्रीसहित कर्मचारीहरू मतदान केन्द्रमा खटिने क्रम जारी रहेको आयोगले जनाएको छ। हिमाली क्षेत्रमा आवश्यक परे अस्थायी मतदान केन्द्र स्थापना गर्न आयोग तयार रहेको पनि उहाँले स्पष्ट पार्नुभयो।
सामाजिक सञ्जालमा भ्रामक सूचना नफैलाउन र स्वच्छ प्रतिस्पर्धाबाट निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई आयोगले आग्रह गरेको छ। प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म हुनेछ।
मतदान सकिएको २४ घण्टाभित्र परिणाम सार्वजनिकः आयुक्त भण्डारी
Leave a Comment
Leave a Comment

