साउन १ – मास्टर्नी चलचित्रको प्रमोसन गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा निवेदन परेको छ ।
दुर्गेश थापा र प्रियंका कार्कीको गीतलाई प्रतिबन्ध लगाउन माग गर्दै एक शिक्षकले आज लिखित निवेदन दिएका हुन् । निवेदन दिने तनहुँको ब्यास नगरपालिका– ११ को बाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबाबु भट्टराई रहेका छन्।
निवेदनमा मास्टर्नी नामक चलचित्रको ‘ताराबाजी लैलै’ नामको गीतमा समग्र शिक्षक, विशेषगरी महिला शिक्षक र शिक्षण पेसाप्रति नै अपमान हुनेगरी अमर्यादित र संस्कृति भड्काउने खालको शब्द प्रयोग गरिएको भन्दै आपत्ति जनाइएको छ ।यसअघि उक्त गीतले शिक्षक र शिक्षण पेशाको गरिमामा गम्भीर प्रहार गरेको भन्दै नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समितिले पनि आपत्ति जनाउँदै विज्ञप्ति निकाली सकेका छन ।


