मोरङको सुन्दरहरैँचामा १२ घण्टामा सबैभन्दा धेरै २०६ मिलिमिटर वर्षा

1 Min Read

१४ कात्तिक, झापा ।‘मोन्था’ चक्रवातका कारण पछिल्लो १२ घण्टामा मोरङको सुन्दरहरैँचामा सबैभन्दा धेरै २०६ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । पछिल्लो २४ घण्टामा पनि सबैभन्दा धेरै सुन्दरहरैंचामा २४० दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । यो आज दिउँसो २ बजेसम्मको तथ्याङ्क हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई भारी वर्षाको सूचीमा राख्छ ।

हिजोको तुलनामा आज पूर्वमा ठूलो पानी पर्ने र भोलिदेखि मौसममा सुधार आउने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Share This Article
Leave a Comment