राजनीतिक दलहरुसँगको संवादले निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

1 Min Read

काठमाडौँ, कात्तिक ५ गते । सरकारले निर्वाचनको वातावरणका लागि राजनीतिक दलहरुसँग चरणबद्ध वार्ता र संवाद अघि बढाएको छ । जेनजी आन्दोलनको जगमा गठित वर्तमान सरकारले फागुन २१ मा घोषित निर्वाचन सम्पन्न गर्न तथा मुलुकमा सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रणका लागि पहलकदमी लिएको हो । उक्त प्रयोजनका निम्ति प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मङ्गलबार रिब पाँच घण्टा चलेको बैठकमा निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्नेगरी सरकार र राजनीतिक दलहरुबिच सकारात्मक छलफल भएको हो ।

सर्वदलीय बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलहरुबिचको संवादले निर्वाचनको माहोल बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार र राजनीतिक दलहरुबिच भएको छलफलबाट सरकार उत्साहित बनेको छ । यसले निर्वाचनको वातावरण बनेको छ । निर्वाचनको माहोल बनाउन राजनीतिक दल र जनेजनीलगायत सबै सरोकारपक्ष उत्तिकै जिम्मेवार भएर प्रस्तुत भएका छन् ।”

सर्वदलीय बैठकमा खासगरी फागुन २१ गते घोषित निर्वाचन सम्पन्न गर्ने, सुशासन सन्दर्भ र भ्रष्टाचार नियन्त्रणबारे सघन रुपमा छलफल भएको सञ्चारमन्त्री खरेलले जानकारी दिनुभयो ।

Share This Article
Leave a Comment