रामकुमारी र किसानलगायतका नेता एमालेमै फर्किए:-

1 Min Read

कात्तिक २४, झापा । रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ (किसान) लगायतका नेता एमालेमै फर्किएका छन् । झाँक्री र श्रेष्ठ २०७८ सालमा एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादीतिर लागेका थिए ।

आज एमालेले काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजना गरेको घर फर्क राष्ट्रिय अभियान अन्तर्गत झाँक्री र श्रेष्ठ पुरानै घर नेकपा एमालेमा फर्किएका हुन् ।

उनीहरूलाई एमाले अध्यक्ष ओलीले एमालेको चुनाव चिह्न सुर्य प्रदान गरेका थिए भने उनीहरुले कलम चिह्न अध्यक्ष ओलीलाई प्रदान गरेका थिए ।

Share This Article
Leave a Comment