१९ बैशाख ,झापा — राष्ट्रपति रामचन्द्र पौडेलद्वारा थप तीन वटा अध्यादेश जारि भएका छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आज तीन वटा अध्यादेश जारी गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका अनुसार उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ आज जारी गर्नुभएको हो ।


