१. १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्धारण गरिएको नयाँ मिति कुन हो ?
विसं २०८३ मङ्सिर १६–२९
– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा विसं २०८३ साउन २८ गते बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५ औँ बोर्ड बैठकले सोसम्बन्धी निर्णय गरेको ।
– संस्करण : १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता
– स्थान: सुर्खेत, कर्णाली प्रदेश
– मस्कट: लोपोन्मुख जनावर ‘रेड पान्डा’
– लोगो: सात रङ, चन्द्र र सूर्य झन्डा अङ्कित
– पारा खेलकुद: प्रथम राष्ट्रिय पारा खेलकुद पुस १५ देखि आयोजना हुने ।
२. चुम्बकीय शक्तिले ट्र्याकभन्दा माथि नै तैरिएर दौडिने चिनियाँ अत्याधुनिक म्याग्लेभ रेलले कति गतिको रेकर्ड राखेर नयाँ विश्व कीर्तिमान कायम गरेको छ ?
आठ सय किमी/घण्टा
– परीक्षण: सन् २०२६ अगस्त १३
– प्रविधि: म्याग्लेभ रेल (चुम्बकीय शक्तिबाट ट्र्याकभन्दा माथि तैरिएर चल्ने) ।
– स्थान: हुबेईस्थित डोङ्हु प्रयोगशालाको एक किलोमिटर लामो ट्र्याकमा परीक्षण गरिएको एक हजार एक सय किलो तौलको रेलले ५.३ सेकेन्डमै शून्यबाट आठ सय किलोमिटर प्रतिघण्टाको गति हासिल गरेको ।
– रोकिने दुरी: आठ सय किमी÷घण्टा गतिमा पुगेपछि दुई मिटरभित्रै सुरक्षित रोकिएको ।
– कीर्तिमान ः: चीनद्वारा छ महिनाभित्रै तेस्रो पटक आफ्नै कीर्तिमान भङ्ग ।
– मुख्य विशेषता: पाङ्ग्रा र ट्र्याकबिच घर्षण नहुने ।
– सम्भावित क्षेत्र: अनुसन्धानकर्ताले यो प्रविधि भविष्यमा रकेट तथा लडाकु विमानको प्रक्षेपण र भ्याकुम–ट्युब ट्रेन निर्माणमा प्रयोग हुन सक्ने बताएका ।
३. बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडी ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ को घोषणा कहिले गरिएको हो ?
विसं २०८३ साउन २७
घोषणा: विसं २०८३ साउन २७
संरक्षण क्षेत्रको नाम: बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र
निर्णय मिति: विसं २०८३ साउन १९ (प्रदेश मन्त्रीपरिषद्को बैठकबाट)
कुल क्षेत्रफल: ४९८.४ वर्ग किमी
– सुदूरपश्चिम प्रदेश वन ऐन, २०७७ को दफा
२६ (१) बमोजिम ।
४. इन्डोनेसियाको फ्लोरेस टापुनजिक ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प कहिले गएको हो ?
सन् २०२६ अगस्त १५
– इन्डोनेसिया उच्च भूकम्पीय जोखिमयुक्त ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित भएकाले यहाँ बारम्बार भूकम्प जाने गरेका छन् ।
– सन् २००४ मा सुमात्राको तटमा गएको ९.१ म्याग्निच्युडको विनाशकारी भूकम्पले सुनामी निम्त्याएको थियो, जसले त्यस क्षेत्रमा दुई लाख २० हजार जनाको ज्यान गएको थियो । तीमध्ये करिब एक लाख ७० हजार जना इन्डोनेसियाका र बाँकी श्रीलङ्का, भारत, थाइल्यान्डका नागरिक थिए । यो इतिहासको सबैभन्दा घातक प्राकृतिक प्रकोपमध्ये एक हो ।
५. नूर–गङ्गा बालसाहित्य राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार कसलाई प्रदान गरियो ?
मुक्तिनाथ शर्मा न्यौपाने (लमजुङ) र देवीप्रसाद वनवासी (स्याङ्जा), संयुक्त रूपमा
– पुरस्कार राशि: जनही रु. ५०/५० हजार
– त्यसै गरी एक लाख राशिको नूर–गङ्गा लोकगीत गायन राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार क्षेत्रबहादुर गुरुङ (स्याङ्जा) र पूर्ण नेपाली (कास्की) लाई संयुक्त रूपमा प्रदान गरिएको ।
– नूर–गङ्गा साहित्य क्षेत्रीय स्थापित प्रतिभा पुरस्कार: वनमाली निराकार (रुपन्देही), पुरस्कार राशि: रु.
५० हजार
– नूर–गङ्गा लोकगीत गायन क्षेत्रीय स्थापित प्रतिभा पुरस्कार: पदमध्वज केसी (नवलपरासी), पुरस्कार राशि: रु. ५० हजार
– नूर–गङ्गा साहित्य राष्ट्रिय नवप्रतिभा पुरस्कार: आँचल श्रेष्ठ (ललितपुर), पुरस्कार राशि: ३० हजार रुपियाँ
– नूर–गङ्गा लोकगीत गायन राष्ट्रिय नवप्रतिभा पुरस्कार: अर्जुन सापकोटा (नवलपुर), पुरस्कार राशि: ३०
हजार रुपियाँ
६. लिच्छविकालीन इतिहाससँग जोडिएको ललितपुरको लगनखेलस्थित सप्तपाताल पोखरी पुनर्निर्माणपछि कहिले उद्घाटन गरिएको हो ?
विसं २०८३ साउन ३०
– पोखरीनजिकै रहेको पलेस्वाँ पोखरीमा पनि जान मिल्ने गरी दुई पोखरीलाई जोडेर पुलसमेत निर्माण गरिएको छ । लगनखेल वातावरण संरक्षण समितिसँगको सहकार्यमा पोखरीसँगै पार्कसमेत निर्माण गरिएको छ । यो पोखरी लगनखेल बसपार्कनजिकै रहेको अशोक स्तूपसँगै अवस्थित छ ।
– यो पोखरी रातो मत्स्येन्द्रनाथ जात्रासँग जोडिएको छ, जहाँ जात्रा समापनका व्रmममा एक जोडी जीवित माछा छोड्ने परम्परा छ ।
७. युरोप महाद्वीपमा झन्डै तीन दशकपछि दुर्लभ सूर्यग्रहण कहिले देखियो ?
सन् २०२६ अगस्त १२
– युकेबाट खण्डग्रास अर्थात् आंशिक सूर्यग्रहण मात्र देखियो भने ग्रिनल्यान्ड, आइसल्यान्ड र स्पेनका केही भागमा खग्रास अर्थात् पूर्ण सूर्यग्रहण लाग्यो ।
– खग्रास सूर्यग्रहण रुसस्थित साइबेरियाको उत्तरी छेउबाट देखिन सुरु भएको थियो ।
– स्पेनमा खग्रास सूर्यग्रहणको पथ (निश्चित सहर वा क्षेत्र, जहाँबाट पूर्ण (खग्रास) सूर्यग्रहण देखिन्छ) मा रहेका मानिसले चन्द्रमाको पछाडिबाट सूर्यको रातो चमकसमेत हेर्ने अवसर पाए ।
८. गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १७ औँ युरोप क्षेत्रीय सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
सन् २०२६ अगस्त १०–११, डब्लिन, आयरल्यान्ड
नारा: पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता । सम्मेलनले १५ बुँदे डब्लिन घोषणापत्र–२०२६ जारी गरेको ।
९. मोडल हन्ट नेपाल २०२६ को पुरुष र महिलातर्फको शीर्ष उपाधि जित्ने प्रतिभा को को हुन् ?
पुरुषतर्पm ः परन्तप भण्डारी र महिलातर्पm ः लिजा श्रेष्ठ
– दुवै विजेताले नगद पाँच लाख बराबरको पुरस्कारसहित आगामी डिसेम्बरमा कम्बोडियामा हुने ‘मिस एन्ड मिस्टर सेलिब्रेटी इन्टरनेसनल’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका ।
– दरबारमार्गस्थित होटेल याक एन्ड यतीमा आयोजित यस प्रतियोगिताको यो १० औँ सिजन हो ।
१०. सुनसरी र सिराहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनालाई सरकारले कहिले सहिद घोषणा गरेको हो ?
विसं २०८३ साउन २६
– सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्रकुमार मेहता तथा सिराहाका गणेशकुमार यादवलाई सहिद घोषणा गरिएको ।
११. सिरियाली अदालतले १४ वर्ष चलेको गृहयुद्धका क्रममा मानवताविरुद्धको अपराध र युद्ध अपराधको आरोपमा पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको सजाय कहिले सुनाएको हो ?
सन् २०२६ अगस्त ११
– अदालतले असदका भाइ माहेर अल असदसहित अन्य छ पूर्वसैन्य तथा सुरक्षा अधिकारीलाई पनि मृत्युदण्डको सजाय सुनाएको ।
– पूर्वराष्ट्रपति असद र उनका भाइ हाल रुसमा निर्वासित जीवन बिताइरहेका छन् ।
– असद डिसेम्बर २०२४ मा विद्रोहीले सुरु गरेको तीव्र सैन्य अभियानका क्रममा अपदस्थ भएपश्चात् मस्को भागेका थिए ।
१२. चीनका पूर्वप्रधानमन्त्री झु रोङ्जीको निधन कहिले भएको हो ?
सन् २०२६ अगस्त १२ (९७ वर्षको उमेरमा)
– सन् १९९१ देखि १९९८ सम्म उपप्रधानमन्त्री र त्यसपछि सन् २००३ सम्म प्रधानमन्त्री बनेका झुले चीनको आर्थिक र राजनीतिक परिवर्तनको महìवपूर्ण समयको नेतृत्व गरेका थिए ।
– उनको कार्यकालमा चीनले नियोजित अर्थतन्त्रबाट समाजवादी बजार अर्थतन्त्रतर्फको यात्रा तीव्र बनाएको थियो ।
१३. काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा कसलाई नियुक्त गरियो ?
प्राध्यापक डा. विवेक बराल
– नियुक्ति: विसं २०८३ साउन २९
– प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाह (बालेन) द्वारा बराललाई सो पदमा नियुक्त गरिएको ।
१४. नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन कहिले भएको हो ?
विसं २०८३ साउन ३१ गते
– उहाँले २०६० सालमा नेपाल भाषा परिषद्द्वारा
‘जनकवि’ को उपाधि हासिल गर्नुभएको थियो ।
१५. टिभी रियालिटी सो ‘भ्वाइस अफ किड्स’ सिजन ५ को उपाधि जित्ने प्रतिभा को हुन् ?
सुवासना खड्का
– ग्रान्ड फिनाले: विसं २०८३ साउन ३०
– पुरस्कार राशि: १० लाख रुपियाँ नगद
हालसम्मका विजेता
सिजन ५ सुवासना खड्का
सिजन ४ सोनाली राजभण्डारी
सिजन ३ अनुह्या तामाङ
सिजन २ स्पन्दन सुब्बा
सिजन १ जेनिश उप्रेती
१६. सरकारले सूचना प्रविधि विभागलाई कुन कार्यालयका रूपमा रूपान्तरण गरेको छ ?
सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय
– विसं २०८३ भदौ १ देखि कार्यालयले नयाँ संरचना अनुसार कार्य प्रारम्भ गरेको ।
१७. ‘राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कार २०८३’ कसलाई प्रदान गरियो ?
सीमाविद् बुद्धिनारायण श्रेष्ठ
– राष्ट्रपति रामचन्द्र पौडेलद्वारा यस वर्षको पुरस्कार देशको सिमानाका विषयमा निरन्तर उल्लेखनीय योगदान पु¥याउँदै आएका सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई प्रदान गरिएको ।
– पुरस्कार: रु. १,०१,१११÷– नगद तथा सम्मानपत्र ।
१८. एकदिवसीय (ओडिआई) व्रिmकेटको इतिहासमा सबैभन्दा कम खेलमा १५० विकेट पूरा गरी विश्व कीर्तिमान कायम गर्न सफल खेलाडी को हुन् ?
सन्दीप लामिछाने (सन् २०२६ मे)
– त्रिवि व्रिmकेट मैदानमा विसं २०८३ जेठ ३ गते आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा १५० विकेटको आँकडा पार गर्दै उनले सो रेकर्ड कायम गरेका ।
– नेपाली लेग स्पिनर सन्दीप लामिछानेले जम्मा ७३ खेलमा १५० ओडिआई विकेट पूरा गर्दै अस्ट्रेलियाका मिचेल स्टार्कको (७७ खेलको) नौ वर्ष पुरानो कीर्तिमान तोडेका ।
– उनले यसअघि ४२ खेलमै १०० विकेट लिएर रसिद खानको रेकर्डसमेत तोडेका थिए ।
१९. अन्तर्राष्ट्रिय युवा दिवस कहिले मनाउने गरिन्छ ?
अगस्त १२ (प्रत्येक वर्ष)
– सन् २०२६ को नारा: ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’
– सन् २००० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा अगस्त १२ तारिखका दिन यो दिवस मनाउँदै आइएको ।
२०. नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) द्वारा प्रदान गरिएको राष्ट्रिय पत्रकारिता सम्मान–२०८३ बाट सम्मानित हुने व्यक्तित्व को को हुनुहुन्छ ?
– वरिष्ठ पत्रकारद्वय डण्ड गुरुङ (सिन्धुली) र विमला तुम्खेवा (तेह्रथुम)
– फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार: पत्रकार तीर्थमान बल (काभ्रे), सरिता श्रेष्ठ (धादिङ) र अविनाश
चौधरी (कैलाली)
– मातृभाषा पत्रकारिता सम्मान: लहना (नेपाल भाषाको साप्ताहिक पत्रिका)गोरखापत्र

