लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर

9 Min Read

१. सन् २०२६ को नोबेल शान्ति पुरस्कार कसलाई प्रदान गरियो ? 

 नाभनेथेम ‘नाभी’ पिल्ले (दक्षिण अफ्रिका) 

 २. अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को १५३ औँ  महासभा कहिले र कहाँ सम्पन्न भएको हो ? 

 सन् २०२६ अक्टोबर ५–९,  आरुसा, तान्जानिया 

– यस महासभमा नेपालका तर्फबाट सभामुख डिपी अर्याल सहभागी हुनुभएको । 

– तान्जानियाको आरुसामा सम्पन्न अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को यस महासभामा नेपालले भोटेकोशी बाढीको विषयलाई आकस्मिक प्रस्तावका रूपमा प्रस्तुत गरेको । 

– उक्त प्रस्ताव छलफलका लागि प्रस्तुत गर्ने सन्दर्भमा आवश्यक दुई तिहाइभन्दा बढी मत प्राप्त भएको थियो । 

– नेपालको प्रस्तावमाथि दक्षिण अफ्रिका, भारत, नेदरल्यान्ड्स, संयुक्त अधिराज्य, संयुक्त अरब इमिरेट्स, टिमोर–लेस्टे, म्यान्मार, तान्जानिया, नाइजेरिया र इरानलगायतका संसद्का प्रतिनिधिले आआफ्नो धारणा राखेका थिए । 

– यस प्रस्तावले संसदीय जलवायु कूटनीतिको उत्कृष्ट अभ्यासको थालनी गर्ने तथा सदस्य राष्ट्रबिच जलवायु र मौसमसम्बन्धी सीमापार पूर्वसूचक प्रणाली र प्रविधिमा पहुँच पुर्‍याउन कानुनी ढाँचा तयार हुने विश्वास गरिएको ।

३. विश्व हुलाक दिवस कहिले मनाउने गरिन्छ ? 

 अक्टोबर ९ 

– सन् २०२६ (१५२ औँ) को नारा : ‘वान पोस्टल नेटवर्क, इनफिनिट पोसिबिलिटिज’ अर्थात् ‘एक हुलाक सञ्जाल, अनगन्ती सम्भावना ।’ 

– संसारभरका सरकारी हुलाक सेवाको अन्तर्राष्ट्रिय छाता संस्था विश्व हुलाक सङ्घ (युपियु) सन् १८७४ अक्टोबर ९ मा स्थापित भई १५१ वर्ष पार गरेर १५२ औँ वर्षमा प्रवेश गरेको छ । 

– नेपालमा विसं १९३५ मा नेपाल हुलाक घर स्थापना गरी औपचारिक रूपमा हुलाक सेवा सुरु भएको हो । नेपालले सन् १९५६ अक्टोबर ११ (विसं २०१३ असोज २६) मा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरेको छ ।

४. प्रसिद्ध भारतीय अभिनेता नाना (विश्वनाथ) पाटेकरको निधन कहिले भयो ?

 सन् २०२६ अक्टोबर ८ (७५ वर्षको उमेरमा)

– जन्म : सन् १९५१ जनवरी १, महाराष्ट्र

– पहिलो चलचित्र : गमन (सन् १९७९)

– परिन्दा, सलाम बम्बे, क्रान्तिवीर, अग्नि साक्षी, तिरङ्गा, खामोसी, नटसम्राट्, वेलकमलगायत थुप्रै चलचित्रमा पाटेकरले अभिनय गरेका छन् ।  

– सम्मान : पद्मश्री (सन् २०१३, भारत सरकारद्वारा) तथा कलाकारितासम्बन्धी थुप्रै पुरस्कार तथा अवार्ड उनले प्राप्त गरेका छन् । 

– सादा जीवनशैली र स्पष्टवादी स्वभाव एवं समाजसेवी कलाकारका रूपमा उनले आफ्नो पहिचान बनाएका छन् । 

५. बुढीगण्डकी नदीमा भीषण बाढी कहिले आएको हो ? 

 विसं २०८३ असोज २५ 

– गोरखाको चुमनुब्री गाउँपालिकामा ठुलो पहिरो खसेर नदी थुनिएपछि बाँध फुट्दा आकस्मिक बाढी आएको हो । यस बाढीबाट गोरखाका दुई गाउँपालिका चुमनुब्री र धार्चे सबैभन्दा बढी प्रभावित भएका छन् ।

– बाढीका कारण चार दर्जन घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । सो बाढीले तीन वटा पक्की एवं तीन वटा झोलुङ्गे पुल क्षतिग्रस्त बनाएको छ । 

६. ‘खुसी मिल्न तपाईंको सोचाइ, बोलाइ र गराइमा समानता हुनु पर्छ ।’ भन्ने विचारक को हुन् ?  

 महात्मा गान्धी 

७. कोशी प्रदेश सरकारले कति वटा राष्ट्रभाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता प्रदान गरेको छ ? 

 १३

– कोशी प्रदेशले नेपाली भाषाका अतिरिक्त १३ वटा राष्ट्रभाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएको छ । 

– १३ भाषा : मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तावा, उर्दू, राजवंशी, राई, नेवार, चाम्लिङ, शेर्पा र सान्थाली । 

८. एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) को स्थापना कहिले भएको हो ?

 सन् १९८९

– यसको प्रधान कार्यालय सिङ्गापुरमा रहेको छ ।

– यस संस्थाको पहिलो सम्मेलन सन् १९८९ मा अस्ट्रेलियामा सम्पन्न भएको हो ।

९. नेपालमा कागजपत्रमा मिति उल्लेख गर्दा तिथि र बार लेख्ने चलन कहिलेसम्म कायम थियो ? 

 विसं. १९६१ माघ 

१०. सञ्चार प्रविधिको क्षेत्रमा ठुलो उपलब्धि हासिल गर्दै हालै कुन देशले विश्वकै पहिलो ‘प्रिसिक्सजी’ परीक्षण नेटवर्क सञ्चालनमा ल्याएको छ ?

 चीन (सन् २०२६ अप्रिल) 

मुख्य उपलब्धि : विश्वकै पहिलो ‘प्रिसिक्सजी’ परीक्षण नेटवर्कको शुभारम्भ ।

प्रमुख क्षमता : हाल प्रचलनमा रहेको फाइभजी भन्दा १० गुणा बढी ।

प्राविधिक विशेषता: 

– उच्च ब्यान्डविथ र न्यूनतम ढिलाइ (लो लेटेन्सी) ।

– आर्टिफिसियल इन्टेलिजेन्सको सहज एकीकरण ।

– लामो दुरीको कभरेज र प्रणालीगत प्रमाणीकरण ।

परीक्षणका प्रमुख क्षेत्र : 

१.  होलोग्राफिक कम्युनिकेसन (त्रिविमीय सञ्चार) ।

२.  रोबोटिक्स र एम्बडेड इन्टेलिजेन्स ।

३.  औद्योगिक उत्पादन ।

४.  लो–अल्टिच्युड इन्सपेक्सन ।

११. जिटुजी अवधारणा केसँग सम्बन्धित छ ?

 वैदशिक रोजगार

१२. अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा आर्थिक स्थितिपत्र २०८३ कहिले सार्वजनिक गरिएको हो ?

 विसं. २०८३ वैशाख १४

१३. कर्मचारीलाई योग्यता, क्षमता, कार्यसम्पादन, अनुभव र दक्षताको आधारमा एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्ने वा जिम्मेवारी दिने प्रक्रियालाई के भनिन्छ ?

 मेरिटमा आधारित सरुवा तथा पदस्थापन (मेरिट–बेस्ड ट्रान्सफर एन्ड प्लेसमेन्ट)

– नेपालमा नयाँ सरकारद्वारा (विसं. २०८२ चैत महिनादेखि) यसको सुरुवात गरिएको हो ।

– मुख्य आधार : राजनीतिक दबाब, पहुँच, व्यक्तिगत सम्बन्ध वा पक्षपातका आधारमा नभई विशुद्ध कार्यसम्पादन र योग्यताका आधारमा कर्मचारीको नियुक्ति वा सरुवा गरिने ।

१४. नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३ अनुसार कुल गार्हस्थ उत्पादन (जिडिपी) मा कृषिक्षेत्रको योगदान कति प्रतिशत रहेको छ ?

 २५.२ प्रतिशत

जिडिपीमा क्षेत्रगत योगदान :

– कृषि : २५.२ प्रतिशत । 

– सेवा क्षेत्र : ५७.५ प्रतिशतबाट बढेर ६२ प्रतिशत पुगेको ।

– उद्योग : १४.१ प्रतिशतबाट घटेर १२.८ प्रतिशतमा झरेको । 

– विद्युत् पहुँच : एक दशकमा विद्युत् उत्पादन ८२९ मेगावाटबाट तीन हजार ३८० मेगावाट पुगेको । 

– रेमिट्यान्स : कुल विप्रेषणको योगदान २७.४ प्रतिशत रहेको ।

सरकारका आगामी आर्थिक लक्ष्य

– प्रतिव्यक्ति आय : आगामी पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार  अमेरिकी डलर पु¥याइने ।

– अर्थतन्त्रको आकार : अर्थतन्त्रलाई एक सय अर्ब अमेरिकी डलरनजिक पुर्‍याइने ।

– विद्युत् उत्पादन : आगामी पाँच वर्षभित्र कुल जडित क्षमता पन्घ्र हजार मेगावाट पुर्‍याउने ।

– आर्थिक वृद्धि : आगामी आर्थिक वर्षदेखि औसत सात प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने ।

आरोग्य पर्यटन रणनीति

– प्रमाणीकरणका तीन स्तर : 

१. कांस्य : नेपाल आरोग्य प्रमाणित

२. रजत : नेपाल आरोग्य उत्कृष्टता

३. स्वर्ण : नेपाल आरोग्य धाम

सन् २०३० सम्मका प्रमुख लक्ष्य :

– आरोग्य उन्मुख पर्यटकको सङ्ख्या ११ प्रतिशतले वृद्धि गरिने । पर्यटकको सन्तुष्टि स्तर ८.५ (१० मा) भन्दा माथि पु¥याइने ।

– दुई हजार नयाँ जनशक्तिलाई तालिम दिइने र रोजगारीमा ३० प्रतिशत महिला, युवा र स्थानीयलाई प्राथमिकता दिइने ।

– नमुना परियोजना : सन् २०२७ सम्ममा पोखरा वा काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको रिट्रिट, लुम्बिनीमा ‘आरोग्य ग्राम’ र बुटिक हिल स्टेसन स्थापना गरिने ।

– सरकारले आरोग्य पर्यटन प्रवर्धन गर्ने रणनीति अन्तर्गत नेपाल भ्रमणमा आउने पर्यटकलाई उनीहरूको रुचि र उद्देश्यका आधारमा सात वटा मुख्य समूह (स्रोत बजार) मा वर्गीकरण गरी पहिचान गरेको छ ।  

१५. १० औँ ‘न्युबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्ड्स–२०२६’ मा ‘बेस्ट म्यानेज्ड कमर्सियल बैङ्क अफ दी इयर २०२६’ बाट सम्मानित हुने बैङ्क कुन हो ?

 एभरेस्ट बैङ्क

पुरस्कृत विधा र व्यक्तित्व/कम्पनी :

– लाइफटाइम एचिभमेन्ट इन बिजनेस लिडरसिप २०२६ : हरिप्रसाद पाण्डे

– बेस्ट म्यानेज्ड आइटी कम्पनी अफ दी इयर : कोडअभातार टेक प्रालि

– कफी इन्डस्ट्री लिडरसिप एन्ड ब्रान्ड एक्सपान्सन अवार्ड : हिमालयन जाभा

– हस्पिटालिटी ग्रोथ एन्ड इन्टरप्राइज एक्सिलेन्स अवार्ड : सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी

– बेस्ट म्यानेज्ड कमर्सियल बैङ्क अफ दी इयर २०२६ : एभरेस्ट बैङ्क

– बेस्ट बैङ्क इन डिजिटल फाइनान्सियल सर्भिसेज २०२६ : ग्लोबल आइएमई बैङ्क

– बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्क अफ दी इयर २०२६ : गरिमा विकास बैङ्क

– बेस्ट म्यानेज्ड फाइनान्स कम्पनी अफ दी इयर २०२६ : मञ्जुश्री फाइनान्स कं. लि.

– बेस्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी अफ दी इयर २०२६ : नेपाल इन्स्योरेन्स कं.लि.

– बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अफ दी इयर २०२६ : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कं. लि.

Share This Article
Leave a Comment