१७ पुस— कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले निर्णय लिएका छ्न ।पार्टी संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७-२९ गते विशेष महाधिवेशन गर्ने महामन्त्री द्वयले निर्णय लिएका हुन ।
विशेष महाधिवेशन पक्षधरसँग बुधबार र बिहीबार भएका छलफलपछि भृकुटीमण्डपको हल समेत बुक गरिएको विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले जानकारी दिनुभयो । यससम्बन्धी औपचारिक जानकारी गराउन विशेष महाधिवेशन पक्षधर नेताहरूले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएका छ्न । विशेष बोलाउन कार्यवाहक सभापतिलाई आग्रह गर्ने तर नबोलाइए महामन्त्रीहरूले बोलाउने तय भाएको महाधिवेशन पक्षधरहरुको भनाइ छ ।
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर असोज २८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएका छन् । पार्टी विधानमा चालीस प्रतिशत प्रतिनिधिहरूले हस्ताक्षरसहित विशेषको माग गरेर निवेदन दिएमा तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ । तर, संस्थापन पक्षले विधानको बाध्यात्मक व्यवस्थालाई समेत बेवास्ता गरेर अघि बढ्न खोजेपछि महामन्त्रीहरूले विशेषको आयोजना गर्न लागेकाहुन ।

