पुष २२- धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न विवादका कारण पर्साकाे वीरगञ्जमा हिजाे बेलुकी ६ बजेदेखि लागू भएकाे कर्फ्यू हटेकाे छ । आज बसेकाे सर्वपक्षीय एवम् सर्वदलीय बैठकपछि दिउँसाे साढे ३ बजेपछि कर्फ्यू हटाइएकाे पर्साका प्रमुख जिल्ला अधिकारी भाेला दाहालले बताउनुभयाे ।
यस्तै वीरगञ्जमा धार्मिक एवम् सामाजिक सद्भाव बिथोल्ने गतिविधि हुन नदिन स्थायी सद्भाव संयन्त्र गठन भएको छ । बैठकले भविष्यमा हुन सक्ने धार्मिक, सामाजिक सद्भावविरुद्धका गतिविधिहरूलाई नियन्त्रण गर्न तथा आवश्यक कानूनी कारबाहीका लागि सिफारिश गर्न जिल्लामा क्रियाशील राजनीतिक दल एवम् विभिन्न धार्मिक समुदायका अगुवाहरू रहने गरि संयन्त्र गठन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।


