साउन , ३१ नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री वा पार्टी अध्यक्ष बन्ने उद्देश्यले राजनीतिमा नआएको भन्दै पद र व्यक्तिगत स्वार्थभन्दामाथि उठेर देश र जनताको हितमा काम गर्न आव्हान पार्टीका नेता–कार्यकर्तालाई गर्नुभएको छ ।
झापाको बिर्तामोडमा आज एमालेको ‘मिसन पार्टी जागरण अभियान–२०८३’ कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष ओलीले राजनीतिमा व्यक्तिगत लाभ र पद प्राप्तिको सोच राख्न नहुने बताउँदै राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । जस्तोसुकै परिस्थितिमा पनि हामीले देश र जनताको बारेमा सोचौं, उहाँले आग्रह गर्नुभयो ।
यसैबिच, एमाले अध्यक्ष ओलीले पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनका विषयमा चलाइएको चर्चा निरर्थक भएको बताउनुभयो । उहाँले पार्टी पुनर्गठन तथा नेतृत्व हटाउने विषयमा विभिन्न किसिमका हल्ला चलाइएको भन्दै त्यसको कुनै आधार नभएको दाबी गर्नुभयो

