समानुपातिकतर्फ ५० प्रतिशत मतपत्र छपाइ सम्पन्न

1 Min Read
जनक शिक्षा सामग्री लिमिटेड भक्तपुरमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक नमुना मतपत्र छाप्दै कर्मचारी । तस्बिरः प्रदीपराज वन्त/रासस

माघ ६, झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले समानुपातिकतर्फ एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ सम्पन्न गरेको छ, जुन कूल आवश्यक संख्याको ५० प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा १३ लाख १३ हजार मतपत्र छपाइ भएको केन्द्रले जनाएको छ । हालसम्म १० लाख ९८ हजार २०० थान मतपत्र निर्वाचन आयोगलाई बुझाइसकिएको छ । प्रत्यक्षतर्फको मतपत्र भने उम्मेदवारको अन्तिम नामावली र चुनाव चिह्न प्रदानपछि छपाइ सुरु गरिनेछ ।

Share This Article
Leave a Comment