श्रावण १९ – सुनसरीको देवानगन्जमा भएको तनावमा घाइते भएकामध्ये अर्का एक जना युवकको निधन भएको छ ।
काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा देवानगन्ज-३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार २१ वर्षीय रवीन्द्रकुमारको उपचारका क्रममा उनको निधन भएको हो ।
रवीन्द्रलाई प्रारम्भिक उपचारपछि विराटनगरको विराट नर्सिङ होमबाट थप उपचारका लागि गत शुक्रबार एयर एम्बुलेन्समार्फत काठमाडौं लगिएको थियो। बायाँ तिघ्रामा गोली लागेर नसामा गम्भीर क्षति पुगेपछि विराटनगरमै नसाको शल्यक्रिया गरिएको थियो। तर स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई शिक्षण अस्पताल रेफर गरिएको थियो।

