सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

1 Min Read

११ मंसिर । आगामी २१ फागुनका लागि हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा सेना परिचालनका लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

४ मंसिरमा सुरक्षा परिषद्को सिंहदरबारस्थित कार्यालयमा बसेको ४१औं बैठकले त्यसलाई पारित गर्दै निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि राष्ट्रपतिले स्वीकृति दिएका छन् । अब सेना परिचालनको बाटो खुल्छ ।

यो पटक भने सुरक्षा चुनौती उच्च रहेको निष्कर्ष निकाल्दै निर्वाचनको एक महिना अघिदेखि नै सेना परिचालन गर्ने तयारी गरिएको छ ।

Share This Article
Leave a Comment