७ बैशाख २०८३,गौरादह — एफएम प्लस ८९.१ मेगाहर्ज गौरादह झापाको आयोजनामा हाटबजार व्यवस्थापन विद्यमान अवस्था ,चुनौती र आवस्यकता विषयक रेडियो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
एफएमको साक्षत्कार कक्षमा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष गोपालप्रसाद कोईराला वडा नम्बर ५ का वडा अध्यक्ष जगन्नाथ खनाल ,गौरादह बजार ब्यवस्थापन समितिका सचिव खगेन्द्र गिरी ,स्थानीय हाटबजार ब्यावसायी तुलसा कार्की , स्थानीय युवा ध्रुव गिरी लगायतको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गौरादह नगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष गोपाल प्रसाद कोइरालाले गौरादहका हाट बजार व्यवस्थित गर्न तथा स्थानीय उत्पादनलाई प्रथमिकता दिने कुरामा नगर तथा वडाहरु लागिरहेको बताउनुभयो । स्थानीय उत्पादन बढोस् कृषक देखि ब्यावसायी सम्मलाई सहयोग पुगोस भनेर नगरले कृषि तथा उद्यमसीलता विकासका लागि विभिन्न अनुदान तथा सिपमुलक कार्यकमहरु अगाडि बढाएको जानकारी दिनुभयो ।
स्थानिय उत्पादनले स्थानीय हाटबजारमा ठाउँ पाउन यस्को प्रवर्द्धन गर्ने खालका कार्यक्रम पनि हुनेगरेको भन्दै वडाध्यक्ष कोइरालाले प्राप्त सल्लाह सुझावलाई नगरसम्म पुर्याउदै आगामी योजनामा समेटले बताउनुभयो । गौरादह ५ का वडाध्यक्ष जगन्नाथ खनालले गौरादह ५ का हाट बजारको चर्चा गर्दै वडामा साना बजार मात्र लाग्ने गरेको बताउनुभयो । स्थानिय रुपमा उत्पादित तरकारी तथा फलफुललाई विसादी रहित बनाउन सके स्वास्थ्य देखि बजार विस्तारमा पनि सहयोग पुग्ने बताउनुभयो । स्वास्थ्य सचेतना बढेको भन्दै बजारमा विसादी युक्त उत्पादन नियन्त्रण गरि अर्गानिक स्थानीय उत्पादन बिक्रि हुने वातावरण बनाउन सके हाट्बजारको रौनक थपिने तथा स्थानीयले लाभ लिनसक्ने वडाध्यक्ष खनालको भनाइ थियो ।
गौरादह बजार ब्यवस्थापन समितिका सचीव खगेन्द्र गिरिले व्यवस्थापन समितिले गरिरहेका कामको जानकारी दिदै आवस्यकतका विषयमा स्थानीय सरकारलाई सुझाव समेत दिनुभयो । कार्यक्रममा स्थानिय युवा ब्यावसायी ध्रुब गीरी ,हाट बजार ब्यावसायी तुलसा कार्की लगायतले हाट बजारमा स्थानिय उत्पादनलाई प्राथमिकता दिन तथा स्थानीय साना व्यावसायी तथा ब्यापारको संरक्षणमा समेत ध्यानदिन स्थानिय सरकारलाई सुझाव दिनुभएको ।
कार्यक्रमको सहजीकरण एफएम प्लस ८९.१ १ मेगाहर्जका प्रवन्ध निर्देशक युवाराज भट्टराईले गर्नुभएको थियो ।

