आफ्नै घरमा बस्नेलाई आवास सुविधा नदिइने,कर्मचारीको बैठक भत्ता कटौती

1 Min Read

८ असोज, काठमाडौं । कर्मचारीलाई नियमित कामका लागि दिँदै आएको बैठक भत्ता कटौती भएको छ । अर्थ मन्त्रालयले मंगलबार सबै निकायलाई पत्राचार गरेर सार्वजनिक निकायका पदाधिकारी र कर्मचारीलाई नियमित कामका लागि बैठक भत्ता उपलब्ध नगराउन निर्देशन दिएको हो ।

तर, कानुनबमोजिम गठन भएको समितिको काममा कार्यालय समयबाहेकको बैठकको भत्ता उपलब्ध गराउन सकिने निर्देशनमा उल्लेख छ ।

सरकारी, आफ्नो वा आफ्नो परिवारको स्वामित्वमा रहेको निजी आवास प्रयोग गर्ने पदाधिकारीले आवास सुविधाबापतको रकम लिन नपाउने व्यवस्था गरिएको छ ।

Share This Article
Leave a Comment