२९ असोज, काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कहिल्यै पनि नबिग्रिएको बताएका छन्।
आजबाट सुरु नेकपा एमालेको दशौं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले ओली अझै सप्रिएन भन्ने गरेको तर्फ इंगित गर्दै आफु नबिग्रिएकोले बिग्रनेहरु चै सप्रनु पर्ने बताएका हुन । सप्रिनलाई के देशभक्तिको दृष्टिकोण, देश विकास र राष्ट्रिय स्वाधीनताको दृष्टिकोण छोड्नुपर्ने हो? हो भने केपी ओलीले छोड्दैन।
उनले पार्टीभित्र कुरा नगर्ने, बाहिर विरोधीका लहैलहैमा लागेर अनेक खालका हल्ला गर्नेहरू चैं सप्रिनु पर्ने ओलीको भनाइ छ।

