३१ असोज, काठमाडौं । नेपाली सेनाले राजनीति नगर्ने प्रष्ट पारेको छ ।शुक्रबार जेनजी आन्दोलनपछिको अवस्थाबारे जानकारी दिन सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका उपरथी अनुपजंग थापाले सेनाले राजनीति नगर्ने दाबी गरेका हुन् ।
उनले आन्दोलनपछिको अवस्थालाई संकेत गर्दै भने, ‘यसको परिणामबाटै कस्तो खालको नियत थियो भन्ने कुरा हामीले आकलन गर्न सकिने बताए। मेडागास्करमा भएको जेनजी आन्दोलनपछि सेनाले शक्ति हातमा लिएको संकेत गर्दै उनले नेपाली सेनाले भने सबै पक्षसँग छलफल गरेर काम गरेको बताए ।
आन्दोलनमा सबैथरी मानिसहरू संलग्न रहेको सेनाको निष्कर्ष छ । ‘कुनै कुनै समूह त तीन वर्ष अगाडिबाट आन्दोलनरत रही व्यक्ति तथा समूहहरू तत्कालीन परिवेशमा राजनीतिक दलहरूसँग छलफलमा उत्रिने अवस्था पनि थिएन,’ सैन्य अधिकारीले भने ।
‘यो परिस्थितिमा छलफलको टेबलमा ल्याई स्थितिलाई थप जोखिमपूर्ण हुन नदिन नै उत्तम विकल्प भएको नेपाली सेनाको निर्क्योल थियो,’ उनले भने ।

