१४ कात्तिक,झापा । सरकारी अस्पतालमा कार्यरत नर्सहरूले निजी अस्पतालका नर्सहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । सरकारी नर्स सरहको सेवा सुविधा पाउनुपर्ने लगायतको माग राखेर निजी अस्पतालमा कार्यरत नर्सहरू आन्दोलित छन् ।
गत कात्तिक २ गते नेपाल नर्सिङ संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुनः पेश गरिएका माग सम्बोधनका लागि कार्यदल गठन भएपछि कार्यदलको प्रतिवेदन नआएसम्म चरणबद्ध आन्दोलन अघि बढाउने घोषणा गरेको थियो ।
आज सरकारी अस्पतालमा कार्यरत नर्सहरूले बिहान १० देखि १२ बजेसम्म प्ले कार्ड प्रदर्शन गर्दै शान्तिपूर्ण धर्ना दिएका छन् ।जसअनुसार कात्तिक ४ देखि ११ गतेसम्म देशभरका अस्पताल र स्वास्थ्य शिक्षण संस्थामा कालोपट्टी बाँधेर काम गरिने र १२ देखि १८ गतेसम्म बिहान १० देखि १२ बजेसम्म अत्यावश्यक सेवाबाहेक नर्सिङ सेवा बन्द गर्दैछन् ।
संघले निजी तथा शिक्षण अस्पतालमा नर्सलाई सरकारी सरह पारिश्रमिक दिनुपर्ने, दरबन्दी सिर्जना, बढुवा, स्थायी नियुक्ति गर्नुपर्ने माग लगायतको माग रहेको सिभिल अस्पतालमा कार्यरत नर्स विमला पौडेलले बताइन्।
कार्यदलको प्रतिवेदन नआएसम्म चरणबद्ध आन्दोलन कार्यक्रम घोषणासमेत गरिने संघले जनाएको छ ।

