रास्वपा गौरादह नगर सभापति सहित जुवा तास खेलिरहेका १६ जना पक्राउ

1 Min Read

झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गौरादह नगर सभापति सहितका १६ जनालाई प्रहरी पक्राउ गरेको छ । गौरादह ५ को स्कुलचौन बजारको सत्कार होटलमा तास खेलिरहेको अवस्थामा गौरादह ३ निवासी अधिकारीसहित १६ जना जुवाडे पक्राउ परेका हुन् ।

गोप्य सूचनाका आधारमा गएराति छापा मारेर नगद रु १ लाख ६ हजार ६२० रुपैयाँ नगद तथा तीन बुङ तास सहित उनिहरलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नविन राईले जानकारी दिनुभएको छ ।

प्रहरीले होटल सञ्चालक दिलबहादुर मगर, युवराज खड्का, भरत कार्की, हृदय सुवेदी, टंक बराल, राम फुँयाल, केदार मगर, नवराज भट्टराई, रोशन खत्री, बिनोद अधिकारी, दुर्गा पौडेल, मकर अधिकारी, अशोक काफ्ले, अर्जुन श्रेष्ठ र सुदिप चेम्जुङ्गलाई नियन्त्रणमा लिएको हो ।

Share This Article
Leave a Comment