‘कांग्रेस सुधार अभियान’ मा लागेका युवाले सानेपामा लगाए ताला

1 Min Read

काठमाडौँ । नियमित महाधिवेशन गर्न दबाब दिँदै नेपाली कांग्रेसका युवाहरूले कांग्रेस सुधार अभियान (अन्डर फोर्टिन) अभियान सञ्चालन गरेका छन् ।

अभियानले पार्टी कार्यालयमा रहेको सुरक्षा घेरा तोडेर प्रदर्शन गरेका छन् भने पार्टी कार्यालयको गेटमा तालाबन्दी गरेका छन् ।नियमित महाधिवशेन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने मागसहित प्रदर्शन गरिरहेका युवाले नाराबाजी गरिरहेका छन् ।

नेपाली कांग्रेसको आज दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक पुनः स्थगित भएको थियो । बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार दिउसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएका थिए ।

उक्त बैठक २०८२ कात्र्तिक १८ गते मंगलबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ जारी सूचनामा भनिएको छ ।

Share This Article
Leave a Comment