एनपिएल क्रिकेटः चार टोली मैदानमा उत्रने

1 Min Read

मङ्सिर १२ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार पनि दुई खेल हुँदैछन् ।

पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमाडौँ गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ । चितवन चार अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौँले खेलमा दुई अङ्क मात्र बटुलेको छ । तीन खेलबाट दुई अङ्क  जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ ।

अङ्क तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अङ्क जोडेको छ । आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ । रासस 

Share This Article
Leave a Comment