एशिया कप आजदेखि शुरू हुँदै, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने

1 Min Read

मङ्सिर २६ । एसीसी १९ वर्षमुनिको एशिया कप आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा हुँदैछ । पहिलो दिन आज भारत र आयोजक यूएई तथा पाकिस्तान र मलेसियाले खेल्दैछन् ।

प्रतियोगिताका लागि नेपाली टोली यूएई पुगिसकेको छ । नेपालले पहिलो खेल श्रीलङ्कासँग भोलि खेल्ने छ । नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने छ ।

नेपालले सबै खेल सेभेन्स रङ्गशालामा खेल्नेछ । प्रतियोगितामा आठ टोली सहभागी छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् ।

फाइनल खेल पुस ६ गते हुनेछ ।

Share This Article
Leave a Comment