१७ पुस— कमल गाउँपालिका वडा नम्बर ४ ले वडा कार्यालय तथा स्वास्थ्य कार्यालय भवन निर्माणका लागि जग्गा दान गर्ने दाताहरुलाइ सम्मान गरेको छ । आज वडा कार्यालयमा कार्यक्रम आयोजना गरि वडाले पालिका अध्यक्ष हुकुम सिंहका हातबाट संमानपत्र सहित दोसल्ला ओढाएर दाताहरुलाइ सम्मान गरेको हो ।
कमल ४ को वडा कार्यालय निर्माणका लागि रत्न कुमार इङनाम तथा उहाँकि धर्मपत्नी स्व मनमाया इङनामले २ कठ्ठा १० धुर ,
पदम बहादुर श्रेष्ठ तथा विष्णु कुमारी श्रेष्ठले १ कठ्ठा , भिम बहादुर तामाङ तथा विना तामाङले १० धुर त्यसैगरी अम्बर वहादुर कार्की तथा कमला कार्कीले १० धुर जग्गा प्रदान गर्नुभएको थियो । वडा कार्यालयलाई पैसा उठाएर सोही परिसरमा थप १० धुर जग्गा खरिद गरिदिने अन्य २२ दाताहरुलाइ पनि वडाले सम्मान गरेको वडाध्यक्ष चन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
वडाले आजै कमल ४को आधारभूत स्वास्थ्य चौकी निर्माणका लागि जग्गा प्रदान गर्ने दाता लाई पनि सम्मान गरेको छ । स्वास्थ्य चौकी निर्माणका लागि १ कठ्ठा जग्गा प्रदान गर्नुहुने स्व शान्तिराम तामाङ र गंगा माया तामाङको पारिवारिक सदस्य लाई पनि सम्मान प्रदान गरिएको वडा सदस्य नवीन राइले जानकारी दिनुभयो ।
कार्यक्रम लाई सम्बोधन गर्दै कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राइले वडा कार्यालय तथा स्वास्थ्य चौकी निर्माणका लागी दाताहरुले जग्गा दान गरेका कारण भवन निर्माण सम्भव भएको भन्दै आभार प्रकट गर्नुभयो । दाताहरुले ठूलो पुन्यको काम गरेको उहाँको भनाइ थियो । पुर्व वडाध्यक्ष प्रेम बहादुर राइले दाताहरूको पुन्य दानका कारण अहिले वडा भरिका सेवाग्राही जनताले सेवा प्राप्त गर्न सहज भएको भन्दै ढिलै भएपनी वडाले दाताहरुको सम्मान गरेकोमा वडा परिवारलाई धन्यवाद प्रदान गर्नुभयो । समापन मन्तव्य प्रदान गर्नुहुदै कार्यक्रमका सभापति एवं वडा नम्बर ४ का वडाध्यक्ष चन्द्र प्रसाद भट्टराईले धन भएर मात्र नहुने मन पनि चाहिने भन्दै दाताहरुको मुक्तकण्ठले प्रसंशा गर्नुभयो ।
वडा सचीव तेज प्रसाद आचार्यले संचालन गर्नुभएको कार्यक्रममा कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल , वडा सदस्य जमुना खतिवडा , गोमा बिक ,पुर्व वडा सदस्य सहित टोल बिकास समितिका प्रतिनिधि सहित संघ संस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।

