१९ पुस, झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नं. ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ।
नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. ५ को आज सम्पन्न बैठकले अध्यक्ष ओलीको एकल नाम उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी नेताहरूले सर्वसम्मत रूपमा उक्त निर्णय गरेका हुन्।
अध्यक्ष ओलीको नाम सिफारिस गरिएको जानकारी नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले दिएका छन्।
आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन तोकिएको छ ।दलहरूले विभिन्न क्षेत्रबाट आफ्ना उम्मेदवारहरूको नाम सिफारिस गरिरहेको छ । ओली ०७९ र ०७४को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । झापामा ५ वटा निर्वाचन क्षेत्र छन् ।

