१९ पुस, झापा । देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने आवश्यकता रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बताउनुभएको छ।
नेपाल पत्रकार महासङ्घ चितवन शाखाको निरीक्षणपछि मन्त्री खरेलले हाल सरकारले सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्ने कामको थालनी गरेको जानकारी दिनुभयो।
उहाँले पत्रकारको कार्यालयमा प्रवेश गर्दा आफ्नै घरमा प्रवेश गरेको जस्तो अनुभूति हुने उल्लेख गर्दै, चितवन शाखा अन्य शाखाको तुलनामा राम्रो रहेको पनि बताउनुभयो। साथै पत्रकारहरुको समस्या समाधानका लागि सरकारले केही आधारशिला तयार गर्ने प्रतिबद्धता जनाउनुभयो।
मन्त्री खरेलले भन्नुभयो:
“लोक कल्याणकारी विज्ञापनको सही तरिकाले सबै सञ्चारमाध्यममा पु¥याउन जरुरी छ।”
देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्छः मन्त्री खरेल
Leave a Comment
Leave a Comment

