१९ पुस, झापा । प्रेस क्लब मेचीनगरले आयोजना गर्न लागेको पहिलो ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२’ का लागि विभिन्न संघसंस्थाहरुले सहयोगी सम्झौता गरेका छन्।
मिडियाकपको संरक्षकको रूपमा मेचीनगर नगरपालिका रहेको छ भने नगर खेलकुद विकास समिति मुख्य सहयोगी बनेको छ। क्लबका अध्यक्ष प्रकाश पौडेलका अनुसार पुस १९ गतेसम्म आधा दर्जन संघसंस्थाले खेलको सफल आयोजना सुनिश्चित गर्न सहयोगका लागि सम्झौता गरिसकेको छ।
यस खेल प्रतियोगिताका लागि पर्यटन कार्यालय काँकरभिट्टा, इष्ट होराइजन मावि, होटल मेची क्राउन, बिर्तामोड एजुकेशन धुलाबारी शाखा, उदेश्य निर्माण सेवा, सहारा नेपाल साकोस, टिमुर चामल विराटनगर, अशोक मसला, मेचीनगर वडा नं १४, प्याब्सन मेचीनगर, मेची आँखा अस्पताल बिर्तामोड, स्कूल ब्रेनवेभ सर्कल मेचीनगर, डालमिया पानी उद्योग र काँकरभिट्टा खानेपानी लगायतले प्रायोजन गर्दै आएका छन्।
खेल संयोजक खगेन्द्र घिमिरेका अनुसार व्यक्तिगत सहयोग पनि आउँदैछ र प्रायोजक संघसंस्थाको नाम क्रमशः सार्वजनिक गरिनेछ। यस वर्षको मिडियाकप पुस २७ र २८ गते आयोजना हुँदैछ, जसमा नेपाल र भारतका गरी आठ टोलीका पत्रकार सहभागी हुनेछन्। प्रतियोगितामा प्राविधिक सहयोग झापा जिल्ला फुटबल संघले दिनेछ।
प्रथम संस्करणको यो मिडियाकपको विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी, शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद २५ हजार रुपैयाँ पाउनेछन्।
यस खेल प्रतियोगिताको मुख्य उद्देश्य सञ्चारको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नु रहेको आयोजकले बताएका छन्।
मेचीनगरमा पहिलो ‘इन्डो–नेपाल मिडियाकप–२०८२, नगर पालिका र संघसंस्थाहरु संरक्षक
Leave a Comment
Leave a Comment

