२० पुस, झापा । उदयपुर जिल्लाको बागापाटी आसपास केन्द्रविन्दु बनाएर गएराति भूकम्प गएको छ । राति १० बजेर ५१ मिनेटमा गएको भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन गरिएको छ ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका विज्ञ राजेश शर्माका अनुसार भूकम्पको धक्का उदयपुरसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पबाट भएको सम्भावित क्षतिको विवरण भने हालसम्म प्राप्त हुन सकेको छैन ।

