प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन र निर्वाचत अधिकृत नियुक्त

1 Min Read

पुस,२० ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति गरिएको छ। 

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार २०८२ पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ बमोजिम न्याय पषिद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्ति गरिएको छ। 

यसैगरी, न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ। 

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली आयोगको वेबसाइटमा पनि प्रकाशन गरिएको आयोगले जनाएको छ।  

Share This Article
Leave a Comment