२१ पुष, बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै लण्डनस्थित नेपाली दूतावासले नेपालीलाई सतर्क रहन आग्रह गरेको छ।
दूतावासका अनुसार कामका लागि प्रायोजक खोजिदिने भन्दै नेपालबाट बेलायत जान चाहने तथा बेलायतमै रोजगारी खोजिरहेका नेपालीसमेत ठगीमा परेका गुनासो बढेका छन्। ठगीमा नेपालीमूलका व्यक्तिहरू र चिनेजानेमार्फत तेस्रो मुलुकका व्यक्तिसँग सम्पर्क गराई ठगी गर्ने प्रवृत्ति देखिएको जनाइएको छ।
यस्ता गतिविधि नेपाल र बेलायत दुवै देशमा दण्डनीय भएकाले पीडितलाई सम्बन्धित निकाय, स्थानीय प्रहरी तथा नेशनल एन्टी फ्रड नेटवर्क (एक्सन फ्रड) मा उजुरी गर्न दूतावासले सुझाव दिएको छ।
समस्यामा परेका नेपालीले दूतावासको इमेल वा +४४–७४०४९३९२७४ मा सम्पर्क गर्न सक्ने जनाइएको छ।

